बर्माको रखाइन प्रान्तमा ३० जना मुश्लिम धर्मावलम्बीहरुको हत्या

बर्माको रखाइन प्रान्तमा ३० जना मुश्लिम धर्मावलम्बीहरुको हत्या भएको छ । एक साताबीचमा बौद्ध धर्माबलम्बीहरुको एक समुदायले रखाइन प्रान्तमा रहेका मुश्लिम धर्मावलम्बीहरुमाथि आक्रमण गर्दा ३० जनाको मृत्यस भएको बताईएको छ ।मुश्लिमहरुको हत्या लगत्तै त्यहाँ जातीय दंगा भड्किएको छ ।
बर्माको मानवअधिकार आयोगले यस हत्या काण्डलाई नरसंहारको संज्ञा दिंदै घोर भत्र्सना गरेको छ । बर्मा सरकारले भने मुस्लिम समुदाय बर्माबाट बंगलादेश प्रवेश गर्ने क्रममा बौद्ध धर्मावलम्बीसंग भएको झडपमा उनीहरु मारिएको स्पष्ट पारेको छ । यसैबीच संयुक्त राष्ट्रसंघले घटनाबारे निष्पक्ष जाँच गर्न बर्मासंग आग्रह गरेको छ ।AGENCIES