– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची माघ १०, २०७० । आउंदो जिल्ला परिषदको बजेट कृषि, पर्यटन, पशुपालन र सिचाईलाई पहिलो प्राथमिकतामा राखिने भएको छ । विनियोजित बजेटको झण्डै ७० प्रतिशत बजेट लगानी गरि स्थानीय वस्तु उत्पादन र कृषि क्रान्तिमा देशकै पहिलो जिल्ला बनाउने रणनीतिक योजनाका साथ जिल्ला परिषदमा बजेट विनियोजन गरिदैछ ।
अनुगमनका क्रममा अर्घाखाँचीको नरपानी गाउँका कृषकले उत्पादन गरेको तरकारी बारी हेर्दै दलका नेता, कृषि प्राविधक र पशु चिकित्सक । तस्बिर: वीरेन्द्र केसी, अर्घाखाँची डट्कम
गाउँमा टोलैपिच्छे सडक सुविधा छ, त्यसलाई ग्राभेल गर्ने र चलिरहेका अन्य योजनालाई निरन्तरता दिईने भएको छ । सबै गाविसमा विद्युत, स्वास्थ्य, शिक्षा, खानेपानी भौतिक पुर्वाधार लगायतका विकास निर्माणका काम धेरैजसो भैसकेका छन ।
सडक टालैपिच्छे छ, विद्युत, सञ्चार, शिक्षा स्वास्थ्य लगायत विकासका पुर्वाधारका काम धेरैजसो भैसकेका छन, स्थानीय विकास अधिकारी हेमराज भुसालले रिपोर्र्टर्स क्लवले गरेको साक्षात्कारमा भने, अबको बजेटको पहिलो प्राथमिकता कृषि र पशुपालनमा छ, त्यहि अनुसार हामी योजना बनाउनमा खटिएका छौ, यसको अन्तिम चरणमा छौ, फागुन भित्रै परिषद गर्र्छौ ।विकासका अन्य पुर्वाधारका योजना सम्पन्न भैसकेकाले कृषिमा बेमौसमी तरकारी खेती, गाउँका किसानलाई उन्नत बीउ, मल र आधुनिक खेती प्रणाली, स्थानीय उत्पादन र पशुमा बाख्रा, बोका खसी, बंगुर उत्पादनलाई प्राथमिकता यो परिषदको बजेटले दिने उनले बताए । इलाका स्तरबाट नै कृषिमा ध्यान दिएको छ । उत्पादन मुलक क्षेत्रमा दिर्घकालिन कार्यक्रम लागु गर्न विज्ञ, दलका नेता बसेर योजना बनाउदै गरेको उनले बताए । उनले स्थानीय निकाय जनप्रतिनिधि विहीन हुदा सचिवले काम गर्न गाह्रो परेकाले छिटै स्थानीय निकायको चुनाव हुनुपर्नेमा जोड दिए । संभावित पर्यटन क्षेत्रको विकासलाई पनि जोड दिईनेछ ।
पशु चिकित्सक डा. नारायण घिमिरेले बाख्रा पालनमा अर्घाखाँची देशकै राम्रो जिल्लामा मान्निछ, दक्षिण खाचीका सबै गाविसमा यसको संभावना राम्रो भएको र पशुमा कृतिम गर्भाधान गरेर पशुपालनमा वृद्धि गर्नुपर्ने बताए । दुध र बयलर कुखुराको मासुमा जिल्ला आत्मनिर्भर भएकाले बाहिर निर्यात गर्नुपर्ने बताए । जिल्लाको मथुरावेशीमा कृषि कजेल निमर्ँण हुदैछ । वरिष्ठ कृषि विकास अधिकृत कमानसिंह थापाले धेरै ठाउँमा सिचाई अभाव छ, सिचाई योजना र बेमौसमी तरकारी, गाउँका बारीमा आधुनिक खेती प्रणाली, टनेल प्रविधी र उन्नत विउ किसानलाई रोक्नुपर्ने बताए । उनले रेमिटयान्सका कारण गाउँका खेतबारी बाझिदै गएको र शहरका खेतीयोग्य जमिन प्लटिङ भएकोमा यसलाई रोक्नुपर्ने बताए ।
उद्योग वाणिज्य संघका महासचिव नेत्र भुसालले कहा