अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची । अनेरास्ववियु अर्घाखाँचीको २१ औं जिल्ला सम्मेलनन फागुन मसान्त सम्ममा हुने भएको छ । सोमबार बसेको जिल्ला कमिटीको वैठकले फागुन मसान्त सम्ममा सम्मेलन गर्ने निर्णय गरेको हो ।
वैठकले एक महिने संगठन निर्माण अभियान सञ्चालन गर्ने, भेला प्रशिक्षण, कमिटी पुर्नगठन गर्ने लगायतको निर्णय गरेको २१ औं सम्मेलन आयोजक कमिटीका प्रचार संयोजक एपि भुसालले जानकारी दिए । उनले जिल्लाका ११ ओटा इलाकामा ११ ओटा टिम बनाएर अभियानमा लाग्ने बताए ।
वैठकमा अनेरास्ववियुका केन्द्रिय सदस्य लिलबहादुर विक, अनेरास्ववियु राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हृदयकुमार भुसाल लगायतले बोलेको थिए । वैठकको अध्यक्षता सम्मेलन आयोजक कमिटीका संयोजक भरत न्यौपाने र सञ्चालन सहसंयोजक मणिराम आचार्यले गरेका थिए ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।