भुमि सुधारको निर्णय सञ्चाउन अर्घाखाँचीमा सर्वपक्षिय बैठकको आग्रह

गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची १३ माघ । भुमि सुधार मन्त्रालयले गरेको निर्णयले अर्घाखाँचीवासीलाई मर्का परेको भन्दै सन्धिर्खकमा आयोजित सर्वपक्षीय बैठकले ध्यानकार्कषण पत्र मन्त्रालयलाई पठाउने निर्णय गरेको छ । 
उद्योग वाणिज्य संघको आयोजनामा भएको बैठकमा उपस्थिती राजनितिक दल नेपाली काग्रेस, नेकपा एमाले, एमाओवादी, नेकपा-माओवादी, राजमो लगाएतको बैठकले ध्यानकार्षण पत्र पठाउने निर्णय गरेको हो । 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँची, मालपोत कार्यालय, विषेश नापिको कार्यालय मार्फत मन्त्रालायले गरेको निर्णय अर्घाखाँचीवासीको हितमा नभएको भन्दै सञ्चाउन माग गर्ने सहित पत्र पठाउने जनाईएको छ । 
यस्तै जिल्लामा अतिक्रमणमा रहेको सार्वजनिक जग्गालाई हल गर्नको लागी तत्काल सदरमुकाम सन्धिर्खकमा नापी कार्य गर्न विशेश नापी कार्यालयलाई आग्रह गर्ने निर्णय भएको उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णा प्रसाद श्रेष्ठले जानाकारी दिए । १ महिना अगाडी मन्त्रालयले जग्गा पास, नामसारी, कित्ताकाट लगायतका काममा रोक लगाएको थियो । 
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

 

अन्य समाचारहरु