एमाओवादी तत्काल सरकारमा सहभागी नहुने

काठमाडौ, माघ १४ – एमाओवादीले संविधान निर्माणमा मात्रै केन्द्रित हुने भन्दै तत्काल सरकारमा सहभागी नहुने भएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले संविधानसभा निर्वाचनको क्रममा जनतासामु गरेको प्रतिबद्धताअनुसार संविधान निर्माणमा प्रतिबद्ध भएर लाग्ने निष्कर्ष निकाल्दै सरकार दोस्रो प्राथमिकतामा रहेको ठहर गरेको हो ।