अर्घाखाँची जिल्ला स्वास्थ्य कार्यालयको अन्र्तक्रिया, हात्तिपाइले रोग विरुद्धको औषधि सेवन गर्दा कुनै असर नपर्ने

अर्जुन भुसाल     
सन्धिखर्क, अर्घाखाँची माघ १४   ।  हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्दा कुनै असर नपर्ने भएकाले ढुक्क भएर औषधि  सेवन गर्न चिकित्सकहरुले सल्लाह दिएका छन् । यहाँ आयोजित पत्रकारहरु सँगको अन्र्तक्रिया कार्यक्रममा चिकित्सकहरुले हात्ती पाइले रोग विरुद्धको  औषिधि हानिकारक नभएको बताएका हुन ।
 उनीहरुले मिडिया मार्फत हरेक सूचना बाहिर जाने भएकाले पत्रकारहरुले यो अभियानमा साथ दिनुपर्ने धारणा व्यक्त गरे ।  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा कृष्णहरि सुवेदीले औषधि सेवन गर्न कतिपयमा  अझै पनि  डर त्रास भएको बताए । औष्ािध सेवन गर्दैमा मान्छे मर्छ भन्नु गतल हो उनले भने, हरेक औषधिले रिएक्सन गर्छ,  तर आत्तिनु पर्दैन ।
जिल्ला स्वास्थ्य कार्यालयका डा लक्ष्मण शर्माले हात्तीपाइलेको औषधिमा जुकाको औषधिमा भन्दा पनि कम रिएक्सन भएकाले निष्चन्त भएर औषधि सेवन गर्नुपर्ने बताए  ।

अन्य समाचारहरु