अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची माघ १३ । यहाँका केहि राजनीतिक दलहरु स्थानिय निकायको निर्वाचनको प्रचारप्रसारमा लागेका छन् । स्थानिय निकायको निर्वाचन वैशाख भरिमा हुने भन्दै कांग्रेस, एमाले यतिबेला गाउँ पसेका छन् । संविधानसभाको निर्वाचनमा झण्डै चार-पाँच महिना सम्म गाउँ केन्द्रित भएका यि दलहरु पुन स्थानिय निर्वाचनको तयरीमा जुटन गाउँ गएका हुन ।
संविधानसभाको निर्वाचनको समिक्षा गर्न बसेको दुबै पार्टीको छुट्टाछुट्टै वैठकले स्थानिय निर्वाचनका प्रचारप्रसारमा जुटने निर्णय गरे लगत्तै दलहरु गाउँ गएका हुन । एमाले पुस २५ बाट फागुन २५ को दुइ महिने अभियान लिएर गाउँ गएको छ भने कांग्रेस पनि माघ १० गतेबाट दुइ महिने अभियान लिएर गाउँ गएको छ । गाउँ अभियानमा यि दलका जिल्ला अञ्चल देखि केन्द्रिय तहका नेताहरु समेत लागेका छन् ।
अब छिट्टै स्थानिय निकायको निर्वाचनको मिति तोकिदै छ, नेपाली कांग्रसका जिल्ला सभापति कमलप्रसाद भुसालले भने, हामी चुनावको तयारीका लागि मतदाहरु सँग भेटघाटमा जुटिसक्यो । उनले लामो समय सम्म स्थानिय निकायको निर्वाचन नहुँदा विकास निर्माणका काम समेत प्रभावित हुँने गरेको बताए । स्थानिय निकायको निर्वाचन नहुँदा भद्रगोलको अबस्था सिर्जना भएको छ, अब बन्ने सरकारले स्थानिय निकायको निर्वाचन छिट्टै गराउँदै छ उनले भने । । दोस्रो संविधानसभाको निर्वाचनमा जिल्लाका दुबै निर्वाचन क्षेत्रमा पराजय भोगेपछि कांगे्रसले स्थानिय निर्वाचनलाई विशेष प्राथमिकता दिने बताएको छ ।
जनप्रतिनिधि नहुँदा मनपरितन्त्र हावी भएको बताउँछन नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष हरिबहादुर खडका । लामो समय सम्म निर्वाचन नहुँदा धेरै समय खेर गयो उनले भने, अबको समयलाई सदुपयोग गर्दै निर्वाचन आवधिक रुपमा गराउँनु पर्छ । उनले निर्वाचन नहुँदा जनताले नेतृत्व चुन्न पाउँने अधिकारबाट बञ्चित भएको बताए । स्थानिय निकायको निर्वाचन नहुँदा भ्रष्टचार पनि मौलाउँदै गएको नेकपा एमालेका उपसचिव पे्रमनारायण गैरेले बताए । उनले एमाले छिट्टै स्थानिय निकायको निर्वाचन होस भन्ने पक्षमा रहेकाले चुनावी अभियानमा जुटेको बताए । स्थानिय निर्वाचन हुने कुरामा शंका छैन उनले भने, छिट्टै तयारीमा जुटेपछि मतदातालाई प्रभावित पार्न सकिन्छ । उनले १४ बर्ष सम्म निर्वाचन नहुँदा धरैले नेतृत्व गर्ने अबसर गुमाएको बताए । कतिपय पाका मान्छे पनि पार्टीमा अबसर नपाएका छन् उनले भने, ति व्यक्तिलाई अब भएपनि अबसर दिनुपर्छ, यसले युवाहरुलाई केहि असर पार्छ ।
लामो समय सम्म स्थानिय चुनाव नहुँदा गाउँका जनताले चुनावको स्वाद चाख्न पाएका छैनन् । चुनाव नहुँदा जनताले प्रजातन्त्रको अनुभुति गर्न नपाएको बताउँछन राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा धारापानी गाविसका पूर्व गाविस अध्यक्ष सागर केसी । उनले छिटो स्थानिय निकायको निर्वाचन गरि स्थानिय स्तरमा हुने गरेका वेथितिहरुको अन्त्य गर्नु पर्ने बताए । अब हाम्रो पार्टी पनि गाउँगाउँमा गएर प्रचार अभियानमा जुटछ