युरोपमा भ्रष्टाचारको तह आश्चर्यजनक रुपमा उच्च रहेको तथ्य सार्वजनिक

युरोपमा भ्रष्टाचारको तह आश्चर्यजनक रुपमा उच्च रहेको तथ्य सार्वजनिक भएको छ । युरोपेली आयोगका अनुसार युरोपमा वार्षिक १ खर्ब २० अर्ब युरो बराबरको भ्रष्टाचार हुने गरेको छ ।
युरोपियन युनियनसँग आबद्ध रहेका सबै २८ मुलुकमा पहिलो पटक गरिएको भ्रष्टाचार सम्बन्धी अध्ययनबाट यो अवस्था सार्वजनिक भएको हो । युरोपेली आयोगले गरेको अध्ययनमा सहभागी मध्ये तीन चौथाई जनताले आफ्नो मुलुकमा भ्रष्टाचार बढेको बताएका थिए ।
यस्तै, १० मध्ये ४ जनाले भ्रष्टाचारले व्यापार व्यवसायमा अवरोध आउने गरेको बताए । अन्य मुलुकको तुलनामा स्वेडेनमा भने भ्रष्टाचार निकै कम हुने गरेको अध्ययनले देखाएको छ ।
युरोपियन यूनियनले भ्रष्टाचार नियन्त्रणमा इयुका संस्थाहरु भन्दा सरकार बढी जिम्मेवार हुनुपर्ने उल्लेख गरेको छ । भ्रष्टाचार बढ्नाले यूरोपमा प्रजातन्त्रप्रतिको विश्वासमा कमी आउने र वैधानिक अर्थतन्त्रको स्रोत विचलन हुने अनुमान गरिएको छ । (एजेन्सी)