माघ २३ , पाल्पा चिदीपानी २ भालुखोलामा गए राती सवारी दुर्घटना भएको छ । घटनामा १३ जनाको ज्यान गएको छ । मृत्यु हुने ८ जनाको उद्दार भएको छ । ज्यान गुमाएका मध्ये ८ जनाको शब घटनास्थलबाट निकालिएको छ । ज्यान गुमाएका र शब भेटिएका मध्ये सबै पुरुष छन । घटनास्थलमै ११ जना र २ जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो ।
पोखराबाट बुटवलका लागि छुटेको लु १ ख ४९२४ नम्बरको बस सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ नजिक पर्ने भालुखोलामा खसेको हो । प्रहरीका अनुसार घटनास्थल अप्ठेरो र खोंचमा रहेकोले उद्दारमा कठिनाई भएको छ ।
घटनामा ८ जना घाइते भएका छन । घाइतेहरुको स्थानिय लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार हुँदै छ । घाइतेहरुको अवस्था गम्भिर भएको पत्रकार देब पचभैयाले जनाए ।
दुर्घटना स्थल भिर र खोचमा भएकोले उद्दार कार्यमा समस्या भएको छ । डोरी फालेर उद्दारकर्ता भीरमा पुगेको पाल्पाको रेडियो मदनपोखराका स्टेसन म्यानेजर राजेशकुमार अर्यालले बताए ।
घाइतेमध्ये चारजनाको युनाइटेड मिसन अस्पतालमा र तीन जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा गाडी धनी भिमगिठे बुर्तिबाङ बागलुङका २८ वर्षीय मोहन केसी, चालक पाल्पा मुझुङका ३३ वर्षीय रामबहादुर रानामगर, गुल्मी सिमिचौर ६ का दिलबहादुर बस्नेत, भरतपोखरी १ कास्कीका बुद्धिबहादुर बिक, मोरबाङ ९ रुकुमका ३८ वर्षीय राजबहादुर गुरुङको, पर्वत ठुलीपोखरी बाबुराम आचार्य, मोरङ बिराटनगरका ४९ वर्षीय गोपाल ढकाल र बर्दिया मगरागढी ९ का २१ वर्षका विराटसिंह ठकुरी रहेका छन् ।
अरुको परिचय खुल्न सकेको छैन । चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ ।
केहिलाई अस्पताल पठाईएको छ । बस टुक्राटुक्रा भएको छ । उद्दार र यात्रु खोजी कार्य जारी छ ।
आरेभञ्याङ्ग राम्दी खण्डमा धेरै दुर्घटना हुने गरेका छन् ।