संयुक्त राष्ट्र संघले दक्षिण अफ्रिाकाको सालेह क्षेत्रमा खाद्यान्न संकट उत्पन्न भएको भन्दै आर्थिक सहयोग उपलब्ध गराउन विश्व समुदायलाई अपील गरेको छ । सो क्षेत्रमा ५० लाख बालबालिका कुपोषणको शिकार भइसकेको राष्ट्र संघले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी संस्थाले तुरुन्त आर्थिक सहयोग उपलब्ध नगराए सालेह क्षेत्रमा खाद्यान्न संकटका कारण सयौंको मृत्यु हुने अवस्था रहेको जनाएको छ ।
खाद्यान्न संकट समाधानका लागि यसै वर्षको अन्त्यसम्ममा १ अर्व ७० करोड अमेरिकी डलर आब्वश्यक हुने भन्दै सहयोगका लागि विश्व समुदायलाई अपील गरिएको छ । (एजेन्सी)