बाबु रोका मगर”अपरिचित”
असुरकोट-९, जोगिटारी, अर्घाखाँची
जीवन संघर्ष हो संघर्ष बिनाको जीवन ब्यर्थ हुन्छ
भन्छन जीवन मा जिउन कलाकारिता को ठुलो अर्थ हुन्छ |
जन्मे को दिन बाट नै संघर्ष मा बितेको छ मेरो जीवन
कहिले ठोकर कहिले गाली,यातना त कहिले अपहेलना को जीवन |
धेरै आउछन मित्र आफन्तहरु सहयोग को लागि म सँग
सहयोग त म के नै गर्न सक्थे र बचेको छैन केहीपनि बाँकी म सँग |
पैसा ले नसही तन,मन र बचनले सबै को मन भरे जस्तो लाग्छ
तर त्यसको कुनै अर्थ रहेन काम सकियो दु:ख बिर्सियो जस्तो लाग्छ |
यहाँ अरुको खुशी को लागी आफुले आफुलाई धारमा रेट्नु पर्छ
बाँच्न को लागि जे पनि गर्नु पर्ने पैसा सँग आफुले आफैलाई बेच्नु पर्छ |
मन को भारी गरुङो छ भारी बिसाउन मठ-मन्दिर,चौतारी धेरै ठाउँ गए
आफ्नो इच्छा मारेर अरुहरु को इच्छा पुरा गर्दा गर्दै म आफ्नो इच्छा को हत्यारा भए |