काठमाडौं, माघ २३ । सरकारले सेना समायोजनमा माओवादी लडाकूबाट नेपाली सेनामा प्रवेश गरेका उपसेनानी यमबहादुर अधिकारीलाई महासेनानीमा बढुवा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई महासेनानीमा बढुवा गरेको हो ।
माओवादीका पूर्व लडाकूहरु अधिकारीकै नेतृत्वमा नेपाली सेनामा समायोजन भएका थिए । अधिकारी हाल राष्ट्रिय विकास तथा सुरक्षा निर्देशनालयमा कार्यरत छन् ।
मन्त्रिपरिषद बैठकले नेपाली सेनाका सहायकरथी रमिन्द्र क्षेत्रीलाई मानार्थ उपरथीमा बढुवा गरेको छ । IMAGECHANNELS