काठमाडौं- प्रा. डा.गोविन्द केसी चौंथो पटक अनसनमा बसेका छन्। सरकारले १६ दिन अघि गरेको सम्झौता अनुसार चिकित्साशास्त्र अध्यान संस्थानको डीन नियुक्ती नगरेपछि आफु अनसन सुरु गर्न बाध्य भएको डा. केसीले बताए।
अनसन सुरु गर्ने भनिएको समयमा त्रिवि कार्यकारी परिषद बैठकले समेत नयाँ डीन नियुक्ती गर्न सकेन। केही दिन अघि त्रिविले गठन गरेको डीन सिफारिस कमिटीमा समेत बरिष्ठताको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। विवाद पछि सिफारिस कमिटिका सदस्य दीपक महराले राजिनामा दिएपछि समयस्या झन् जटिल बनेको छ। NAGARIKNEWS