काठमाडौं, माघ २६ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंका निमित्त कार्यकारी निर्देशक डा.रतिन्द्र श्रेष्ठलाई विद्यार्थीहरुले अस्पताल प्रवेशमा रोक लगाएका छन् । विहानैदेखि अस्पतालको मूलगेट बन्द गरेर विद्यार्थीहरुले निमित्त निर्देशक श्रेष्ठलाई अस्पताल प्रवेशमा रोक लगाएका हुन् ।
चौथो पटक अनशन बसेका डा.गोविन्द के.सी.को विरोधी मानिएका श्रेष्ठलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको भन्दै विद्यार्थीहरु विरोधमा उत्रिएका हुन् । अस्पतालका भित्ताहरुमा डा.श्रेष्ठको बिरोध गरिएका पर्चाहरु पनि टाँसिएका छन् भने ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
त्रिवि पदाधिकारीको दवाब थेग्न नसकेर राजीनामा दिएका अस्पतालका कार्यकारी निर्देशक डा.भगवान कोइरालाको राजीनामा स्वीकृत गरी त्रिबि परिषद्ले डा.रतिन्द्र श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको थियो । IMAGECHANNELS