काठमाडौं, माघ २६ । गोरखा फुजेलका अधिकारी दम्पति अनसनमा बसेको एक सय आठ दिन पुगिसक्दा पनि उनीहरुको मागको सम्बोधनका लागि सरकारले ठोस पहल नगरेको भन्दै मानव अधिकारकर्मीहरुले खेद प्रकट गरेका छन् ।
अधिकारी दम्पतिको जीवन रक्षा र उनीहरुको मागको तत्काल सम्बोधनका लागि दबाब दिन मानव अधिकारकर्मीहरुले आज रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गरे ।
उनीहरुले देशमा दण्डहिनता बढ्दै गएको भन्दै सरकारलाई गम्भीर हुन समेत अपिल गरे । २०६१ सालमा एसएलसी परीक्षा दिएर चितवनमा बस्दै आएका हजुरबा हजुर आमालाई भेट्न गएका गोरखा फुजेलका १७ बर्षिय कृष्णप्रसादलाई माओवादी कार्यकर्ताले अपहरण गरी हत्या गरेका थिए । IMAGECHANNELS