शोभाखर पन्थी
नरपानी, अर्घाखाँची माघ २६। एक वर्ष पहिले मन्दिरमा पुजा गर्न आउदा चर्पी नहुदा सास्ती व्यहोरेकी बुटवल १३ की सारदा पाण्डे सुपा मन्दिरमा बनेको आधुनिक चर्पी देखेर छक्क पर्नु भयो । अघिल्लो पटक मन्दिरमा आउदा पेट बिग्रीएर शौचालय को अभावमा निक्कै दुःख झेलेकी पाण्डेले अहिले चर्पी बनेको देख्दा निक्कै खुसी लागेको बताउनु हुन्छ । सुपा मन्दिर दर्शनका लागि पाँचौ पटक आएको बताउने कपिलबस्तु चन्द्रौटाका दिपक शर्माले यस पटक जस्तो मन्दिरमा सरसफाई आफूले कहिल्यै नदेखेको बताउनु भयो । पाण्डे र शर्मा मात्र होईन सुपा मन्दिरमा दर्शन गर्न आउने सवै जसो भक्तजनहरुले अहिले मन्दिरको सरसफाइको अवस्थालाई लिएर निकै प्रशंसा गर्ने गरेका छन् ।
गोरसिङ्गे सन्धिखर्क सडकखण्ड अन्तर्गत सितापुर र खाँचीकोटको सिमा क्षेत्रमा अवस्थित सुपा देउराली मन्दिरमा बनेको शौचालय अहिले यहा आउने जोकोही भक्तजनका निम्ति चासोको विषय वन्न पुगेको छ । दर्शनका लागि प्रत्येकदिन एकहजार भन्दा बढिको संख्यामा आउने भक्तजनहरु मन्दिरमा व्यवस्थित शौचालय नहुँदा दिसा पिसावको लागि खोला, खोल्सी र भीरपाखामा दौडिनु पर्ने बाध्यता थियो ।
आँखा छल्नपाए मन्दिरको आडमै दिसा पिसाव गर्न बस्ने भक्तजनहरु पनि त्यहाँ प्रसस्तै हुन्थे । व्यवस्थित शौचालयको अभावमा दिक्क बनेको मन्दिर व्यवस्थापन समितिले जिल्लालाई खुल्ला दिसामुक्त पार्ने अभियानमै चर्पि बनाउने निर्णय ग-यो र काम सुरु गरेको ५ महिनामै मन्दिर परिसरमा रहेको निक्कै अप्ठ्यारो ठाउँलाई सदुपयोग गरेर महिला र पुरुषको लागि छुट्टाछुट्टै ४ कोठे शौचालय निर्माण गरि छाड्यो ।
मन्दिरका पूजारीहरु: अर्घाखाँची जिल्लाको सुपा देउराली मन्दिरका पूजारीहरु तस्बिर लिदै । यहाँ हरेक दिन हजारौ भक्तजन आउनुका साथै दर्जनौ बली दिने गरिन्छ । फोटो: अर्घाखाँची डट्कम
आर्थिक अभावका कारण ईच्छा हुँदा हुँदै पनि व्यवस्थित चर्पी बनाउन सकेका थिएनौं, सितापुर गाविस लाई खुल्ला दिसा मुक्त पार्ने अभियानमा हामीपनि किन पछि पर्ने भनेर काम सुरु ग