काठमाडौं, माघ २८ । प्रधानमन्त्रीमा निर्वाचित भएका नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रधानमन्त्री कोइरालालाई आज अपरान्ह २ बजे शीतल निवासमा राष्ट्रपति डाक्टर रामबरण यादवले शपथ गराएका थिए । नेकपा एमाले लगायत दलको समर्थनमा कोइराला देशको ३७ औं प्रधानमन्त्री बनेका हुन् ।
हिजो संसदमा भएको मतदानमा कोइरालाको पक्षमा दुई तिहाईभन्दा बढी सभासदले समर्थन गरे । कोइरालालाई प्रधानमन्त्री बनाउने पक्षमा ४ सय ५ मत र विपक्षमा १ सय ४८ मत परेको थियो । उहाँ गणतन्त्र स्थापनापछिका छैटौं प्रधानमन्त्री चुनिनु भएको हो । प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका