संविधानलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

काठमाडौं, माघ २९ । राष्ट्रपति डा. रामवरण यादव र नवनियुक्त प्रधानमन्त्री सुशील कोइरालाबीच  राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । भेटमा राष्ट्रपतिले प्रधानमन्त्री कोइरालालाई उनको कार्यकालको सफलताको शुभकामना दिएका थिए ।
त्यस क्रममा राष्ट्रपतिले एक वर्षभित्रै संविधान जारी गर्ने प्रतिबद्धतालाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री कोइरालालाई सुझाव दिएका थिए ।
प्रधानमन्त्री कोइरालाले संविधान निर्माण र देशमा सुशासन नै आफ्नो प्रमुख कार्य भएको बताएका जनाइएको छ । IMAGECHANNELS