बुद्धि रायमाझी
संगठन सम्बन्धी कामको शिलशिलामा मलाई स्वर्णखाल गा.वि.स वार्ड नं.४ मा पुग्ने संयोग मिल्यो । पंचायती कालमा यो गाउँलाई सुँगुरखाल भनिन्थ्यो । सभवतः बैदिक सूत्रमन्त्र लिएर आर्यहरुकोआगमन हुनुभन्दा पहिले यहाँको बाहुल्यता मगर बस्तीमा सुँगुरहरु खाल खेल्ने गर्थेहोला हाल क्षेत्री, बाहुनको बाहुलयता हुन पुगेको यो ठाँमा सुँगुर शब्द कर्णप्रिय नरहेकोले यसलाई स्वर्णमा बदलिएको हुनुपर्छ । महाभारत पर्वतको दक्षिणी पाखोमा अवस्थित यो ठाँउवास्तवमा सुन्दर छ । गाँउको नाम स्वर्णखाल राख्दा सुनमा सुगन्ध थपिए जस्तै भएको छ । माथिल्लो महभारतीय भागमा कडा तल्लो चुरे क्षेत्रमा नरम चट्टान पाईन्छ । मूलतः मिहनेती किसानहरुको बस्ती स्वर्णखालमा दुईवटा ठूला गाउँहरु छन् । बिचमा मन्द्रे खोलाको पानीले सिँचाई हुने दुईवटा ठूला टार किसिमका फाँटहरु रहेका छन् । विकासे संरचना निर्माण गर्दा बेलाबखत वारी पारीका वासिन्दा बिच विगतमा विवाद पनि पर्ने गथ्र्यो । स्वास्थ्य चौकी निर्माणको विवाद लामो बहस पछि गत वर्ष सहमतीमा टुङ्गिएको छ ।
गाउँमा पुग्दा मैले मेरो छुचो बानी लुभाउँन नसक्ने कमजोरी उजागर हुन पुग्छ । आफू नजाने बाटै नसोध्नु भन्ने पुरानो नेपाली उखान भुसुक्कै विर्सन पुग्छु । तत्काल आफ्नो सरोकार नरहेको विषयमा पनि निधिखुँदि पारेर सोध्ने बानी त्यति राम्रो नमानिए पनि नयाँ जानकारी प्राप्तीको निम्ति भने उपयोगि नै हुँदोरहेछ ।
साथीहरुसँग सोधपुछ गर्ने क्रममा वार्ड नं.२ बडहर भन्ने खेतको नजिक मन्द्रे खोलाको पश्चिम किनारमा एउटा सुन्दर गुफा रहेको जानकारी पाएँ । सो गुफाको नामाकरण रानी गुफा गरिएको रहेछ । गुफा भित्र विभिन्न आकारका रंगिविरगी पत्थरहरु रहेको स्थानीयहरुले बताउनु भयो ।धार्मिक आस्थाका व्यक्तिहरुले विभिन्न देवीदेवताका आकृतिहरु पनि देख्नुदो रहेछ ।
बहादुर शाहको नायवी कालमा खाँची राज्य नेपालमा गाभिने क्रममा खँचेली राजारानी भागेर त्ही गुफामा शरण लिने पुगेको भन्ने चलन रहेछ । भनाईलाई प्रमाणले पुष्ट्रि गर्न नभ्याए पनि बहादुर शाहको फौजले सल्यानी राजाको समेत सहयोग लिएर खाँची राज्यमाथि आक्रमण गरेको इतिहासमा उल्लेख रहेकको छ । आजको स्वर्णखाल त्यति बेला खाँची राज्य अन्तर्गत पर्ने भएकोले स्चानीय बासिन्दाको भनाइमा सत्यता छन भन्न सकिदैन् ।अव उजाड बस्ती विलय हुन पुगेको विद्यालय तर्फ लागौँ । वार्ड नं. ४ मा पर्ने प्यारे नामको पहारिलो पखेरोमा टाँसिए जस्तो देखिने वस्तीमा अहिले कोहि पनि मानव प्राणी छैन । खरचान र वारीका सोताहरु मात्र देखिन्छन् । स्याल,खरायो र अन्य वन्यजन्तुहरु कुदने उफ्रने गरेको र चराहरु चिर्विर गरेको र सुन्न सकिन्छ । फलफूलका रुखहरु वेवारिस बनेका छन् । घर गोठ र मौरीका भग्नावशेष देखिन्छन् ।
केही दशक पहिलेसम्म २५-३० घरधुरीलाई राम्रो गरी हाश्रय दिएको प्यारो वस्ती अहिले निर्जन हुन पुगेको छ । मूल बाटोबाट माथि दुर्गम स्थानममा अवस्थित यो वस्तीका सबै घर परिवार बसाई सरेर तराई झरेछन् । त्यो ठाउँमा बसेर भावीसन्तती समेतले शान्ति अनुभव गर्न र विकासको फल उपभोग गर्न पाउँने छैनन् । भन्ने निस्कर्शमा पुगेर मानिसहरु वस्ती नै त्यागेर हिँडेका रहेछन् ।
२०५१ सालमा मोदनाथ प्रश्रित शिक्षा मन्त्री हुँदा उहाँका एक जना नातेदार समाजसेवी व्यक्तिले शिक्षक दरवँदी सहित विद्यालय स्वीकृत गराएर ल्याउँनु भएछ । आफनै टोलमा विद्यालय स्थापना हुँदा विद्यार्थी र अभिभावकहरु खुसीले रमाइछन् । केही वर्षसम्म प्राथमिक विद्यालय राम्रो गरी संचालन भए छ । द्धन्द काल आईपुग्दा गाउँलेहरु अत्तालिएछन् । यातायातवाट अलगिएको एकान्त वस्तीमा असुरक्षा महसुश गरेछन् । एक एक गरी उनीहरु तराई तिर झरेछन् । अहिले त्यो वस्ती निर्जन हुन पुगेको छ ।विद्यालय भवनको भग्नावशेष मात्र बाँकि छ । भत्केका घरगोठको भित्तो मात्र देखिन्छ । प्यारो टोलको तलपट्टि रोप्न छोडेको बाझो खेत देखिन्छ । प्यारो वस्ती र यो खेतले एउटै नियती भोगेको छ । सयौँ वर्षसम्म पितापुर्खाले पसिना बगाएको माटो छोडेर मानिसहरु अन्यत्र बसाईसरमई गरेका छन् । सुविधा भोग र सहज जीवन यापनको निम्ति पहाडी भेगमा पुख्यौली थातथलो माया मार्ने प्रवृति बढ्दो छ ।विगतमा यो पङ्कतिकार पनि शिक्षक रहेको हुँदा केही वर्ष पहिलेसम्म त्यो ठाँउमा पठन पाठन हुने गरेको कल्पनामा डुबे । घण्टी बजे होला । शिक्षकशिक्षिकाहरु हातमा चकडस्टर लिएर यताउती डुले होलान् । सुन्दर फूलवारीमा कोपिलारुपी वालवालिकाहरु खेल खेलेको काल्पन्कि दृश्यमा रमाएँ । त्यहाँको पखेरोमा खेल्ने वालवालिकाहरु वयस्क भईसके होलान् । कतिपय त रोजगारीको निम्ति विदेश पनि पुगिसके होलान् । सन्तान उत्पन्न गरेर कतिपय बाउआमामा रुपान्तरित पनि भएका होलान् । उनीहरुका नानीहरु तराइका इङ्गलिश बोर्डिङ स्कूलमा आफू भन्दा ठूलो झोला बोकेर पढ्रन जान्छन् होला । प्यारो पखेरो भने उस्तै छ । उही घाम छायाँ उही ढुङ्गे र माटो अनि माथि हेर्दा काली लेक कैलाश तलपट्टि कल्कल गर्दै अविरल बग्ने मन्द्रे खोला ।
फरक यत्ति छ । कि मानव वस्ती विकासको एउटा काल खण्डमा स्थापित हुन पुगेको र कक्षा ३ सम्म संचालन गरेको श्री सिध्द प्राथमिक विद्यालय अब ईतिहाँसको पुस्तकमा सिमित हुन पुगेको छ । घर्तिसेरा प्रा.वि.मा गाभिएको छ । शिक्षकहरु पनि अन्यत्र सरुवा भएका छन् । गत वर्ष जिल्लामा विद्यार्थी संख्या कम रहेका विद्यालयहरु अर्कोमा गाभ्ने शिक्षा कार्यालयको योजना अनुरुप सो विद्यालय भर्ज हुन पुगेको हो । उसको अस्तित्व मेटिएको छ । मानिसहरुको मेमोरिवाट ढिलिट हुदछ ।
आधुनिक भौतिक सुखसुविधा उपभोग गर्नको निम्ति मानिसहरु बनिबनाउ वस्ती र विद्यालय सहज परित्याग गर्न सक्छन् ।भन्ने यो एउटा उदाहरण हो ।नेपालका कतिपय पहाडी वस्तीको नियती यस्त हुने संभावना बढदै छ । गाउँ देहातमा विद्यालय स्थापना गर्न अनुमति दिँदा अभिभावकहरुलाई शिक्षा कार्यालयले गाउँवस्ती छोडने छनाँ भन्ने कागज गराउँन पर्ने अवस्था आउला जस्तो देखिएको छ ।विगतमा हाम्रा पुर्खाहरु पनि सुविधाको खोजीमा यसैगरी रथाने थलो छोडेर यत्रतत्र डुने गर्दथे ।
मानिसमा सुविधाको निम्ति भौँतारिने प्रवृति कहिल्यै नरोकिने रहेछ । त्यसैलेत खेतबारी बाँझार गाउँ वस्ती उजाड बन्दै गएका छन् । गाउँले इलाका सुन्दर र सुविधायुक्त तुल्याउँनको निम्ति ग्रामिण विकासको नीति र योजना आउँन अति जरुरी देखिन्छ । अन्यथा शहर अव्यवस्था र गाउँ उजाड हुने स्थिति अउँनेछ ।
The views expressed in this article are the author’s own and do not necessarily reflect Arghakhanchi.Com’s editorial policy.