काठमाडौं, फाल्गुन २ । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधीश त्रिलोकप्रताप राणा र नेपालको पहिलो केबुलकार सञ्चालक लक्ष्मणबाबु श्रेष्ठको हिजो निधन भएको छ । केही समययता बिरामी रहेका ८१ वर्षीय रााणाको उपचारका क्रममा हिजो दिउँसो निधन भएको हो ।
राणाको हिजै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । राणाका एक छोरा एक छोरी र श्रीमती रहेका छन् । राणा २०५३ फाल्गुन ३ गतेदेखि २०५४ भाद्र ३१ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायधीश भएका थिए ।
त्यस्तै, नेपालको पहिलो केबुलकार मनकामना केबुलकारका प्रमुख लक्ष्मणबाबु श्रेष्ठको पनि हिजै भारतको नयाँदिल्लीमा निधन भयो । मृर्गोलाको समस्याका कारण ७६ वर्षीय श्रेष्ठको उपचारका क्रममा भारतको मेदान्त अस्पतालमा निधन भएको जनाइएको छ ।
श्रेष्ठले सन १९९८ देखि कुरिनटारदेखि मनकामनासम्मको यात्राका लागि केबुलकार सन्चालनमा ल्याएका थिए ।
चितवन कोइ ग्रुपका अध्यक्षसमेत रहेका उनी नेपालका लागि अस्ट्रियाको महावाणिज्यदूत समेत थिए । IMAGECHANNELS