अमेरिका र क्यानडाका विभिन्न राज्यहरुमा हिउँदे समुद्री आँधीवेहरीका कारण जनजीवन अस्तव्यस्त भएको छ । अहिलेसम्म २५ भन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकाका पूर्वी तटिय क्षेत्रहरुबाट फैलिएको आँधीवेहरी पूर्वी क्यानडामा पुगेपछि यातायत सेवा अवरुद्ध भएको छ ।
सयौं हवाई उडान रद्द गरिएका छन् भने मानिसहरु विद्युत सेवाबाट बञ्चित भएका छन् । क्यानडाका विभिन्न राज्यहरुमा ३० सेन्टिमिटरसम्म हिउँ जमेको छ । पूर्वी राज्यहरुमा आँधीसँगै भीषण वर्षा भएकोले मानिसहरु थप प्रभावित बनेका छन् ।
आँधीले विद्युतका पोलहरु र सडक छेउका रुख ढल्दा अमेरिकामा ४ लाख ५० हजार भन्दा बढी मानिस विद्युत सेवाबाट बञ्चित भएका छन् । (एजेन्सी)