मोरङमा थप ४० जना नयाँ कालाजारका बिरामी फेला परे

विराटनगर, फाल्गुन ३ । कालाजार नियन्त्रणका लागि सरकारीस्तरबाट आवश्यक पहल भएपनि मोरङ जिल्लामा भने प्रत्येक वर्ष कालाजारका नयाँ रोगी फेला पर्ने क्रम बढेको छ । मोरङमा पछिल्लो ६ महिनाको अवधिमा थप ४० जना नयाँ कालाजारका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत नवराज सुव्बाका अनुसार गएको एक वर्षको तुलनामा यो दोब्बर संख्या हो । कार्यालयका अनुसार अहिले जिल्लामा ८० कालाजारका बिरामी रहेका छन् । जसमा देशभर देखिएका कालाजारका बिरामीमध्ये सबै भन्दा बढी हो ।
कार्यालयका अनुसार जिल्लाका दक्षिणवर्ती मझारे, रगेली, भाथीगन्ज लगायतका गाविसहरुमा सबै भन्दा बढी नयाँ कालाजारका बिरामी फेला परेका छन् । सेन्ट फलाइ नामक भुसुनाको टोकाइका कारण कालाजार हुन्छ ।
सो प्रजातिको भुसुना नियन्त्रणमा आउनु नसक्दा जिल्लामा कालाजारको बिरामीको संख्यामा बृद्धि हुन पुगेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
मोरङ जिल्लामा गत वर्ष कालाजारबाट एक जना बिरामीको मृत्यु भएको थियो । IMAGECHANNELS