टर्कीमा न्यायिक संस्थामा सुधारसम्बन्धी प्रस्ताव पारित गर्ने नगर्ने विषयमा भएको विवादमा संसदमै हात हालहाल

टर्कीमा न्यायिक संस्थामा सुधारसम्बन्धी प्रस्ताव पारित गर्ने नगर्ने विषयमा भएको विवादमा संसदमै हात हालहाल भएको छ ।
 यस क्रममा एक सांसदको नाक नै भाँच्चिएको छ । सरकारले न्यायिक संस्थामा सुधार सम्बन्धी प्रस्ताव ल्याएपछि मतदान समेत भयो । प्रस्ताव पारित भएसँगै पक्ष र विपक्षका सांसदबीच कुटाकुट नै भएको हो ।
टर्कीको सर्वोच्च न्यायालयलाई न्याय मन्त्रालय मातहत ल्याउने सम्बन्धि प्रस्तावमा विवाद भएको हो । न्यायलयले भने सरकारको कदमलाई असंवैधानिक भनेको छ । AGENCIES