सन्धिखर्क, अर्घाखाँची २०७० फागुन ०४ । शुक्रबारदेखि वर्षा सँगै परेको हिमपातका कारण प्रभावित बनेको अर्घाखाँची जिल्लाको जनजीवन आजबाट सामान्य बन्दै गएको छ ।
हिमपातका कारण जिल्ला भरको जनजीवन अस्तव्यस्त रहेको थियो।
अर्घा र खाँची लगायतका उच्च क्षेत्रमा भारी हिमपात भएको थियो ।
यसैगरी केही दिन देखि अवरुद्द विधुत सुचारु भएको छ।
अर्घाखाँचीमा वर्षा सँगै हिमपात भएपछि किसानहरु उत्साहित भएका छन् ।
वर्षा सँगै हिउँ परेपछि माटोको उर्वराशक्तिमा बृद्धि हुने, माटोको चिस्यान लामो समयसम्म कायम रहने भएकाले किसान उत्साहित भएका हुन् ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।