एमालेकातर्फबाट सुवास नेम्वाङ संविधानसभाका अध्यक्ष

काठमाडौं, फाल्गुन ५ । राजनीतिक सहमतिका आधारमा संविधानसभाको अध्यक्ष चयन हुन नसकेपछि मंगलबार निर्वाचन हुने भएको छ ।
नेपाली कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति अनुसार एमालेलाई अध्यक्ष दिन कांग्रेस तयार भएपछि एमालेकातर्फबाट सुवास नेम्वाङ संविधानसभाका अध्यक्ष हुने भने निश्चित भएको छ ।