काठमाडौ, फाल्गुन ६ – संविधानसभा अध्यक्ष चयनमा सघाए पनि एमाले कांग्रेस नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस संसदीय समितिको बैठकले सोमबार एमालेलाई सरकारमा सहभागी हुन आह्वान गरेको थियो ।
एमाले सचिव शंकर पोखरेलले सरकारमा सम्मानजनक सहभागिताको अवस्था नआएसम्म संविधानसभा अध्यक्ष चुनावमा कांग्रेसले सघाए पनि सरकारमा नजाने बताए । ‘समर्थन जारी नै रहन्छ तर कांग्रेस सहमतिमा नफर्किंदासम्म सरकारमा जाने कुरै आउँदैन,’ उनले भने । एमालेले गृह मन्त्रालयसहित सरकारमा सहभागी हुने सहमति भएको दाबी गरे पनि कांग्रेसले नमान्दा दुई दलबीच खटपट छ ।
‘यही सहमतिको विषयमा फेरि कुराकानी गर्ने मुडमा हामी छैनौं,’ पोखरेलले भने ।
EKANTIPUR
प्रकाशित मिति: २०७० फाल्गुन ६