बाबु रोका मगर”अपरिचित”
असुरकोट-९, जोगिटारी, अर्घाखाँची
आज अचानक दिमाग मा घन्टी बज्यो ट्वाङ्-ट्वाङ्
याद आयो चुरोट खाँदै धुवाँ उडाएको ब्वाङ-ब्वाङ
भूत-प्रेतले भेटाएछ क्यारे खाँस्दै छु ख्वाङ-ख्वाङ
धामी ले निको पार्छ कि बजाउदै ढ्यांग्रो ड्वाङ-ड्वाङ |
सुरुवात स्टाइल मनोरन्जन को लागि भन्दै चुरोट पिउन थाले
आज अलिकत भोली अलिकत गर्दा गर्दै बानी बसाल्न थाले
चुरोट ले मात्र मज्जा आएन अलिकत रक्सी पनि पिउन थाले
चुरोट,रक्सी म देखी भाग्न खोज्थे तर म उनी संगै जिउन थाले |
रक्सीले मात्तिएर बाटो मा एक्लै कराउदै पागल जस्तो डुल्न थाले
चुरोट,रक्सी देखी म भाग्न खोज्छु तर आज उनिहरुनै मलाई पछ्याउन थाले
यस्तै छ मेरो जिन्दगी त्यो सोह्र बर्षे जोवन सम्झेर आजभोलि एक्लै रुन थाले
जस्तो गर्ने त्यस्तै भर्ने कुकुर,गधा,झल्ला भन्दै गाली गर्छन मेरा बाआमा ले |
रक्सी मा बगेर गयो चुरोटको धुवाँमा उडेर गयो त्यो मेरो कलिलो जोवन
न कसैको लागी केही गर्न सके न आफ्नै लागि केही गरे बेकार छ मेरो जीवन
साथी भाइहरुको घरजम बसेको देख्दा पग्लिएर आउछ यो मेरो मन
मलाई पनि कसैले एक चोटि “आइ लभ यू” भने कत्ती रमाउथ्यो होला यो पापी मन |
पछुतो लाग्छ सम्झेर कती सक्नु सकियो बाबाको सम्पत्ती ||