अबको तीन महिनापछि रोजगारीका लागि बिदेसिने नेपालीले मेसिन रिडेबल पासपोर्ट(एमआरपी) अनिवार्य लिनुपर्ने भएको छ।
वैदेशिक रोजगार विभागले जेठ १ देखि हस्तलिखित राहदानीमा अन्तिम श्रमस्वीकृति नदिने भन्दै अनिवार्य एमआरपी बनाउन सार्वजनिक सूचना जारी गरेको छ।
अन्तराष्ट्रिय नागरिक उड्यान प्राधिकरण आइकाओले सन् २०१५ नोभेम्बरपछि हस्तलिखित राहदानीलाई पूर्ण रुपमा निषेध गर्नेछ। त्याही व्यवस्थाका कारणविदेश जाने कामदारले हस्तलिखित राहदानी लिए १ वर्ष नवित्दै पुनः अर्को राहदानी परिवर्तन गर्नुपर्ने हुँदा जेठदेखि नै एमआरपीलाई बाध्यकारी बनाइएको विभागले जनाएको छ।
– कारोबार