एमालेले सम्मानजनक सहभागिता नभए सरकारमा नजाने पूर्ववत निर्णयमा अडिग

काठमाडौं शुक्रबार ९ फागुन, २०७०- एमालेले सम्मानजनक सहभागिता नभए सरकारमा नजाने पूर्ववत निर्णय दोहोर्या-एको छ। बिहीबार संविधानसभा भवन नयाँबानेश्वरमा वसेको स्थायी कमिटी बैठकले उपप्रधानमन्त्रीसहितको गृह मन्त्रालय नपाए नेपाली कांग्रेसका सभापति सुशील कोइराला नेतृत्वको सरकारमा नजाने औपचारिक निर्णय लिएको हो।
यसअघि माघ २८ गतेको स्थायी कमिटी बैठकले कांग्रेससँग भएको सातबुँदे सहमति पूर्णपालना नभएसम्म सरकारमा नजाने निर्णय लिएको थियो। त्यसयता नेताहरूले सार्वजनिक कार्यक्रममा त्यही धारणा राख्दै आएका थिए। यद्यपि, त्यसयता केही सन्दर्भ बदलिए पनि पार्टी धारणा यथावत रहेको देखाउन एमालेले बिहीबार स्थायी कमिटी बैठकमार्फत पुनः उही निर्णय दोहोर्यापएको नेताहरूले बताएका छन्।
एमाले सचिव युवराज ज्ञवालीले सहमतिअनुसार कांग्रेस नबढेर धोका दिएको भन्दै सरकारमा सहभागी नहुने पूर्वअडान दोहोर्याकएको बताए।