काठमाडौ, फाल्गुन १२ – राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले स्थानीय निकायको चुनावको मिति तत्काल घोषणा गर्न ७५ जिल्लामा दबाबमूलक कार्यक्रम यही फागुन २१ गते सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको उक्त बैठकले सो दिन ७५ वटै जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिइने र प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने सो पार्टीले जनाएको छ । रासस
प्रकाशित मिति: २०७० फाल्गुन १२