– प्रेमनारायण आचार्य
डिभर्ना, अर्घाखाँची ११ फागुन । अर्घाखाँचीको डिभर्ना गाविस खुल्ला दिसामुक्त गाविस घोषणा भएको छ । गाविसको विजय उच्च माध्यमिक विद्यालयको परिसरमा आयोजित विषेश समारहोमा घोषणासभाका प्रमुख अतिथि तथा जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष हेमराज भुसाल पानसमा दिप प्रज्वलन गरि तथा समितिका सदस्य सचिव इञ्जिनियर राजेन्द्रप्रसाद न्यौपानेले हरियो झण्डा अनावरण गरेर डिभर्नालाइ खुल्ला दिसामुक्त गाविस भएको घोषणा गर्नुभएको हो ।
डिभर्ना गाविस जिल्लाको खुल्ला दिसामुक्त गाविस भएको प्रमाणपत्र गाविस सचिव तथा गाविस स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष जीवन भट्टराइलाइ भुसालले प्रदान गर्नुभएको थियो ।
डिभर्ना अर्घाखाँचीमा खुल्ला दिसामुक्त गाविस हुने १५ औं गाविस हो । मंसिर १६ गते अन्तिम गुणस्तर अनुगमन भएको डिभर्ना गाविसलाई माघ ६ गते बसेको जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले खुल्ला दिसामुक्त घोषणा सभा आयोजना गर्न अुनमति दिएको थियो ।
कुल १५ सय ७३ घरधुरी रहेको डिभर्ना गाविसमा सरसफाइ अभियान शुरु हुनुपुर्र्व ११ सय ८७ घरधुरीमा मात्रै सुरक्षित शौचालय रहेका थिए अभियान संचालन भएपछि ३ सय ८६ घरधुरीमा सुरक्षित शौचालय निर्माण गरिएको थियो । डिभर्नामा लुम्बिनी सामाजिक विकास केन्द्र, इकार्डस काठमाडौं र प्राग अर्घाखाँचीले सरसफाइ प्रवद्र्धनमा सहजीकरण गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा स्थानीय विकास अधिकारी हेमराज भुसालले स्वास्थ्यका विभिन्न आयाम मध्य पहिलो आयामको रुपमा रहेको खुल्ला दिसामुक्त अवस्थामा पुगेकोमा बधाइ दिँदै गाविसमा देखिने फोहोका कारण गाविस अधुरो हुने बताउनुभयो ।
सरसफाइले जीवन जिउने पद्दतीमा कसरी लाभ पु