बाबु रोका मगर”अपरिचित”
असुरकोट-९, जोगिटारी, अर्घाखाँची ( Now in Delhi)
१) सबैलाइ नमस्कार ‘गुल्मी’ ‘पाल्पा’ होइन हजुर ‘अर्घाखाँची’ हो मेरो घर
‘रुपन्देही’ ‘नवलपरासी’ अनि ‘कपिलवस्तु’ सीमामा बढ्यो अतिक्रमण | (लुम्बिनी)
२) ‘बाग्लुंग’ ‘म्याग्दी’ अनि ‘पर्वत’ को चिसो हावा ले मनै छुदो रहेछ
‘मुस्तांग’ का राता -राता स्याउले शरीर मा फुर्ति ल्याउदो रहेछ | (धौलागिरी)
३) ‘गोरखा’ को मनकामना मन्दिर ‘कास्कीको’ सुन्दर पोखरा
‘लम्जुङ्ग’ ‘स्याङ्जा’ अनी ‘तनहुँ’ हुँदै ‘मनाङ्ग’ घुम्छु अरु के छ र | (गण्डकी)
४) ‘रुकुम’ ‘रोल्पा’ ‘सल्यान’ कि रहेछिन ‘दांग’ भ्याली नानी
‘प्यूठान’ को खलंगा अनि स्वर्गद्दारी घुम्न जाउँ हिंड नानी | (राप्ति)
५) कर्णाली को लामो पुल ‘हुम्ला’ ‘जुम्ला’ ‘ कालिकोट’
गरिबी छ ‘डोल्पा’ ‘मुगु’ मा कसले बुझ्छ यहाँ को चोट | (कर्णाली)
६) देख्नु छ ‘डोटी’ ‘अछाम’ ‘कैलाली’ अनि ‘बझांग’ ‘बाजुरा’
यहाँ को संस्कृती र देउडा नाच ले मनै छुन्छ रे हजुर | (सेती)
७) ‘कंचनपुर’ को सदरमुकाम नाम मात्र अलग ‘भीमदत्त’ कस्तो अचम्मको कुरा? बाकी सबै सदरमुकाम ‘दार्चुला’ को र्दर्चुला, ‘बैतडी’ को बैतडी, ‘डडेल्धुरा’ को डडेल्धुरा खुशी लाग्दो कुरा | (महाकाली)
८) राम्रो छ अरे ‘दैलेख’ ‘जाजरकोट’ अनि ‘बाँके’ ‘बर्दिया’
घुम्न गएको ‘सुर्खेत’ बुलबुले ताल ले मेरो दिलै तोड्दिया | (भेरी)
९) ‘बारा’ मा बाह्रखरी सिखे को प्रसाद ले एउटा अक्षर द भुलेर ‘पर्सा’ भएछ
अनि ‘रौतहट’ ‘मकवानपुर’ ‘चितवन’ सबै मिलेर अञ्चल नारायणी भएछ | (नारायणी)
१०) ‘झापा’ अनि ‘इलाम’ को चिया बगान ले मनै लोभ्याउने
‘पाँचथर’ अनि ‘ताप्लेजुंग’ को बाटोमा कियागाड़ीले मनै रमाउने | (मेची)
११) नेपाल को उत्तर चीन बाट दक्षिण भारत सम्म पुगेको कोशी अञ्चल
‘सुनसरी’ ‘भोजपुर’ ‘धनकुटा’ अनि ‘मोरंग’ ‘तेह्रथुम’ को कोशीले बनायो हलचल | (कोशी )
१२) ‘धनुषा’ मा धनुष उठाई ‘महोत्तरी’ ‘सर्लाही’ मा ‘तिर’ खिचेको
भुलेको छैन ‘सिन्धुली’ र ‘रामेछाप’ कि सान्नानी ले म संग ‘दोलाखा’ मा फोटो खिचेको | (जनकपुर)
१३) ‘नुवाकोट’ मा आर्मी टेर्निंग सकाएर ‘सिन्धुपाल्चोक’ ‘रसुवा’ हुँदै ‘काभ्रेपलाञ्चोक’ पोष्टिंग भए म कति ?
मान्य प्राप्त शहर ‘काठमाण्डौ’ ‘ललितपुर’ अनि ‘भक्तपुर’ मा एक-एक कलाकार मात्र बस्दारहेछन भए जति | (बागमती)
१४) ‘सप्तरी’ ‘सिराहा’ अनि ‘उदयपुर’ को समथर मैदान मा खेति गरौला
पहाडी लेक ‘खोटांग’ ‘ओखलढुंगा’ हुँदै ‘सोलुखुम्बु’ को ‘सगरमाथा’ संगै चढ़ौला | (सगरमाथा)