युक्रेनमा भिक्टर यान्कोभिचलाई हटाई नयाँ राष्ट्रपति संसदबाट चयन गरिएको घटनाप्रति रुसले गम्भीर आपत्ति

युक्रेनमा भिक्टर यान्कोभिचलाई हटाई नयाँ राष्ट्रपति संसदबाट चयन गरिएको घटनाप्रति रुसले गम्भीर आपत्ति जनाएको छ । यान्कोभिचलाई अपदस्थ गरी संसदका सभामुखलाई अन्तरिम राष्ट्रपति बनाइएको घटनालाई रुसले सशस्त्र सत्तापलटको संज्ञा दिएको छ ।
रुसले रुसी भाषी बसोबासको क्षेत्रमा दमन बढेको भन्दै पछिल्लो घटनाक्रमको निन्दा गरेको छ । युक्रेनको पछिल्लो घटनाक्रमबारे बुझ्न रुसले आफना राजदूतलाई मस्को फिर्ता बोलाएको छ ।
यता, रुसका अन्तरिम राष्ट्रपति ओलेक्जेन्डर टर्चयोनोफले प्रदर्शनकारीहरुलाई भेट गरी उनीहरुको माग सम्बोधन गर्ने वचन दिएका छन् । अन्तरिम राष्ट्रपति बन्ने लगत्तै राजधानी कियभको प्रदर्शनस्थल पुगेका टर्चयोनोफले विपक्षीहरुसँग भेट गरी युक्रेनको जनताको भलाइका लागि काम गर्ने बचन दिएका हुन् ।
यसैबीच, पक्राउ पूर्जी जारी गरिएका यान्कोभिचको अवस्था भने अज्ञात छ । यद्यपि, उनी रुसको क्रिमिया प्रायद्धीपमा देखा परेको बताइएपनि कसैले पुष्टि गरेको छैन ।
यान्कोभिचले रुससँग निकट रही युरोपियन युनियनसँग सम्झौता नगरेको भन्दै चर्किएको प्रदर्शनका क्रममा ८८ जना मारिइसकेका छन् । (एजेन्सी)