नवलपरासी, फाल्गुन १४ । लुम्बिनी चिनी उद्योगले उखुको तौलमा ठगी गरी किसानहरुको शोषण गरेको भन्ने गुनासोको छानबिन गर्न गठित समितिले आजदेखि काम थालेको छ । नवलपरासीको सुनवलस्थित उद्योगमा पुगेर उद्योग मन्त्रालयको टोलीले छानबिन सुरु गरेको हो ।
उद्योगले उखुको तौलमा ठगेको गुनासो गरेपछि उद्योग मन्त्रालयले पाँच सदस्यीय टोली बनाएको थियो । टोलीले गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बुटवलबाट ढकहरु मगाएर नापजाँच गर्न सुरु गरेको हो ।
यस्तै, टोलीले तीन वर्षदेखि उद्योगले तौल गर्ने काँटाको नवीकरण समेत नगरेको पाइएको टोलीले जनाएको छ । उद्योगले एक ट्याक्टर उखुको तौल गर्दा तीनदेखि आठ क्विण्टलसम्म ठगी गरेको दाबी किसानहरुले गरेका छन् । IMAGECHANNELS