गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची १२ फागुन । एकिकृत नेकपा माओवादी अर्घाखाँचीले बैशाख १५ गते सम्म गाउँ र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । सन्धिर्खकमा सम्पन्न एमाओवादी अर्घाखाँचीको बैठकले केन्द्रिय निर्णय अनुसार सम्मेलन सम्पन्न गर्ने गाउँ कमिटी २५ र जिल्ला कमिटी ५१ सदस्य बनाउने निर्णय भएको जिल्ला संयोजक चन्द्र बहादुर खड्का उज्ज्वलले जानाकारी दिए ।
बैठकले फागुन मसान्त भित्र पार्टी सदस्यता नविकरण गर्ने, जिल्ला कमिटी सदस्यलाई गाउँ कमिटी संम्मेलन आयोजना कमिटीको संयोजक तोकीएको जनाईएको छ । यस्तै बैठकले कमल खनालको संयोजकत्वमा ७ सदस्ययी आर्थिक समिती र सविधान सभाको निर्वाचनामा अन्तरघात गर्नेको अनुसन्धान गर्ने निर्णय भएको संयोजक खड्काद्धारा जारी विज्ञत्तीमा जारी गरिएको छ ।
साथै गाउँ गाउँमा संगठन निर्माणको लागी विशेश अभियान बनाई चलाई आगाडी बढ्ने जनाईएको छ । बैठकमा एमाओवादीका नेता टोप बहादुर रायमाझीले संगठन र पार्टीलाई क्रियाशिल राख्न निर्देशन दिए ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।