जहाज हराए देखि भेटिए सम्म र मसिनाको लेकमा भेटिए देखि घटनास्थल र उद्धार कार्य सम्मको मेरो काम र अनुभब


 

– प्रेमनारायण आचार्य



शनिवार देखिनै पानी परिरहेको थियो । आइतबार दिउसो ठुलो पानी पर्यो । खाँचीको मसिनाको लेकमा बाक्लो हिमपात भएको थियो । टाबर भएको डाडो हिउले ढाकिएको थियो । सदरमुकाम सन्धिखर्कका सडकमा मानिसहरु जाडोले कम मात्र निस्किएका थिए । झण्डै ढाई बजेको थियो । सुरक्षा निकायका एकजना साथीले फोन गरे सर पोखराबाट जुम्लाका लागि उडेको जहाज दांगबाट फर्कदै गर्दा अर्घाखाँचीेमा खस्यो रे । केहि थाहापाउनु भयोकि भनेर । अनि मैले म तत्काल बुझ्छु भनेर फोन काटे तत्काल सिद्धारा तर्फ म बुझ्न थाले अनि सिद्धारामा हैन खिदीमको टावर देखाएको छ भन्ने छ खिदीम तर्फ बुझ्ने कोसिस गरे खिदीम, पोखराथोक, पणेना गाविसका बिभिन्न पद र ओहोदाका  स्थानीय बासिन्दालाइ फोन गरे । कसैले पनि हो र हामिले देखेका थियौ भन्न सकेनन । 



सुरक्षानिकाय, र सञ्चारकर्मिका मोबाइल बझ्न थाले । स्थानीय, मोफसल र काठमाण्डौका बिग मिडीयाबाट समेत फोन आउन थाल्यो बिमान खस्यो रे त केहो भनेर । अनि म हामी बुझ्दै छौ । कसैले पनि देखेका छौ भनेका छैनन । सुरक्षा निकाय अन्तर्गत नेपाल प्रहरी, नेपाली सेनाले पनि भेटाउन सकेका छैनन । भनेर भनेका छन । फोन गर्दै जादा चन्दननाथ गणका गणपति रामकाजी रानामगरलाइ फोन गरे सर बिमानको केहि पत्ता लाग्यो कि । उहाले भन्नु भयो नाइ सर बिभिन्न मिडीयाले खिदीममा खस्यो भनेर भनेका छन । तर त्याहा भएको मलाइ लाग्दैन म त्यतै जादै छु । अन्यत्र स्थानमा पनि तपाइ बुभ्ने कोसिस गर्नु होला । 



अनि जिल्लाका अधिकांस सञ्चारर्मि र म जिल्ला प्रहरी कार्यलयमा गयौ । केहि पत्तो लागेन । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको नेतृत्वमा सुरक्षा निकायको बैठक बस्यो । तत्काल स्टेचर सहित उद्धारका सामाग्री लिएर जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक (इंगलिस पेक्टर ) गोबिन्द पन्थीको नेतृत्वमा प्रहरी टोली खिदीम क्षेत्रमा खोज्न गयो । हामि पनि जाने भन्ने सल्लाह भयो अनि फेरि खसेको स्थाननै पत्ता लाग्न सकेको छैन । कँहा जाने तयारीमा बसो खसेको स्थान पत्ता लागे पछि जाउँला भनेर सबै सञ्चारकर्मि पत्रकार साथीहरु प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै बसियो । सबैले आआफ्नो तरिकाले खिदीम क्षेत्रमा बुझ्ने प्रयास गरियो । सबै पत्रकारका साथीलाइ सोधिरहेका थिए । बिमान त खिदीममै खसेछ है भनेर । मलाइ पनि त्यहि भनेर पटक पटक सोधिरहनु भएको थियो । काठमाण्डौबाट । केहि ठुला भनौदा मिडीयाहरुले खिदीममै खसेको हो भनेर ग्यारेन्टीका साथ समाचार, लाइभ, ब्रेकिंग न्युज फालिरहेका थिए । तर अर्घाखाँचीमा क्रियासिल सञ्चारकर्मिबाट हैन बाहिरका साथीहरुबाट । 



प्रमुख जिल्ला अधिकारीलाइ म्यासेज आइरहेका थियो । जहाज कहि फेला परेन भनेर बिभिन्न मिडीयाबाट पनि प्रजिअलाइ लाइभ लिइ रहेका थिए । म आफु र अरु साथीहरु पनि कति बेला बिमान भेटिन्छ र समाचार बनाउला भनेर बसिरहेका थियौ । हामि एक आपसमा सञ्चारकर्मिले कुरा गरिरहेका थियौ साथीहरु हतार नगरौ  पुस्टी भए पछि मात्र समाचार पठाउला भनेर । डेक्सबाट फोन गरेर भनिएको थियो । सर उद्धारकर्मि संगै घटनास्थल गएर समाचार , र तस्बीर खिच्नु है भनेर । 



रात छिपिदै गयो ९ बजिसके पछि मैले घटनास्थल खिदीम क्षेत्रमा उद्धारमा खटिएका गणपति रामकाजी रानामगरलाइ टेलिफोन गरे सर केहि पत्ता लाग्यो त। उहाले भन्नु भयो नाइ प्रेमजी खिदीमको सबै क्षेत्र मुर्राकोट, फर्सवाटाकुरा, पोखराथोक र पणेना कहि पनि भेटिएन । यहा अहिले पनि खोज्ने कार्य जारी छ । सेना र नेपाल प्रहरीले खोजीकार्य गरिरहेका छौ । अब रातीमा भेटिने अबस्था एकदमै न्युन छ । 



सबै पत्रकारहरु अब घर तर्फ लागौ । भोलि बिहानै क्यामेरा, ल्यापटप सबै फुल चार्ज गरेर जानु पर्छ भनेर रातीको १० बजे आआफ्नो कोठा तर्फ लाग्यौ । घरमा गए मम्मीले सोध्नु भो बाबु केहि पत्ता लाग्यो त । यहात पहिला समाचारमा खिदीममा भेटियो भन्ने टेलिभिजनहरुले भनेका थिए । अहिले अनुमान मात्र छ खोजीकार्य जारी भनेका छन । अनि मैले जबाफ दिए नाइ भेटिएको छैन । बाबु खाना खान हिड मैले भने नाइ मम्मी मलाइ खाने मन छैन । भनेर आफ्नो कोठामा छिरे । एक गिलास चिसो पानी खाए । सानो समाचार तयार पारे हराएको बिमान अझै भेटिएन भनेर समाचार पठाए । पुन कहि भेटियोकि भनेर फोन गर्न थाले झण्डै १३ कल फोन गरिसके पछि पत्ता पाउन सकिएन । मैले सोच्न थाले कतै बिमान अर्घाखाँचीमा नखसेर अन्तपो खसेको छकि भनेर । प्युठान र गुल्मीका साथीलाइ पनि फोन गरे फोन गर्दा गर्द म निदाउन पुगेछु । केहि समयको निद्रा पछि ब्युभिए । रातको २ बजेको थिए अनि तत्काल मोबाइल, क्यामेरा, ल्यापटप चार्जमा राखे अनि सोच्ने थाले १८ जना हराएका छन । सबै मरिसकेका होलान कि कतै उद्धारको आसमा छटपटाइ रहेकापो छन कि । कतै कसैले आमा पानी , पानी पो भनिरहेका छन कि । कस्तो हालतमा होलान उनीहरु भनेर सोचे । उनीहरुका घर परिबार कति आत्तिएका होलान । के गदै होलान आफन्तहरु । पुन सम्झिए पत्रकार गौरी कठायत लगायतका सबै बिमानमा हराइरहेका हरुलाइ । सोच्दा सोच्दै बिहान भयो रातभर निदाइन । 

बिहान ५ बज्यो पुन टेलिफोनमा घटनाबारे बुझ्न थाले । केहि पत्ता लगाउन सकिएन । अनि म कपडा र झोला कसेर जिल्ला प्रशासनमा आउन कस्सिए । बाटोमा जादै गर्दा एकजना साथीले फोन गरे सर बिमान त डिहिडाडामा खसेको छरे । तपाइ बुझ्नुस त मैले तत्काल भने सर डिहिडाडा त नजिकै हो त्याहा त मानिसको बस्ती छ । हैन होला । माथी खाँचीकोट तर्फ भए म एकपटक बुझ्छु हैत । म तत्काल खाँचीकोट गाविसका प्रधनाध्यापक डिल्लीराज थापालाइ फोन गरे सर तपाइको तिर बिमान खसेको छ भन्ने बुझिएको छ । केहि थाहा छ उनले भने हैन होला सर तल तिर हैन माथी टाबर भएको मसिनाको लेकमा भए म टावरमा बस्ने मानिसलाइ बुझेर फोन गर्छु । बाटोमा सर बिमान त डिहीडाडामा खसेछ है भनेर प्रस्न स्थानीयले सोच्दै थिए । सबैको चासोको बिसय थियो । बाटोमा अझै पुस्टी भएको छैन । अनुमान हो भनेर मैले जबाफ दिदै गए । म सबै पत्रकार भएको स्थान जिल्ला प्रशासनमा पुगे । अनि मैले भने  साथीहरु बिमान त मसिनाको लेकमा खसेको संका छ । केहि बुझियो । हुन सक्छ भनेर पक्का गर्ने कोसिसमा छौ । प्रहरी र नेपाली सेना घटनास्थल तर्फ जादैछ । केहि समय पछि थाहा हुन्छ । साथीहरु बाट जबाफ आयो । त्यतिकैमा डेक्सबाट सोधियो सर बिमान ढिकुरा गाविसमा रहेको मसीनाको लेकमा भेटिएछ है । मैले अझै पुस्टी भएको छैन । म बुझ्दै छ। भनेर जबाफ दिए । 

 



 

केहि समय पछि  चन्दननाथ गणका गणपति रामकाजी रानामगरको मोबवाइलबाट घण्टी बज्यो । मैले फेन रिसीभ गरे उहाले भन्नु भो प्रेमजी बिमान मसिनाको लेकमा खसेको रहेछ । पत्ता लाग्यो है । आधा घण्टामा नेपाली सेना उद्धारको लागि त्यस तर्फ जादै छ । ए हो सर भने यतिकैमा फोन काटियो । पुन फोन गर्ने प्रयास गरे तर फोन लागेन । 



अनी हामि घटनास्थलमा जान हिडीयो । अधिकांस पत्रकार साथीहरु जिल्ला शिक्षा अधिकारी मित्रमणि खनाललको गाडीमा घटनास्थल तर्फ जान हिडीयो  ।उज्यालोको डेक्सबाट फोन आइ रहेको थियो । समय समयमा फोन गरेर घटनास्थलमा गएर रिपोर्टिंग गर्नु है भनेर समेत भन्नु भएको थियो । अनि मैले जबाफ दिदै गए । हो बिमान भेटियो म घटनास्थल तर्फ जादै छु । भने सोधी खोजी भैरहेको थियो । कति बेला पुगिन्छ । म भन्थे गाडी मा छौ गाडीबाट झरेर पनि झण्डै दुई घण्टा हिड्नु पर्छ । हिम पात बाक्लो छ । हेरौ कतिबेला पुगिन्छ । 



खाँचीकोटको मैदानमा गएर गाडी रोकियो । हामिहरु प्रमुख जिल्ला अधिकारी , जिल्ला शिक्षा अधिकारी, र पत्रकारहरु सेसे र फेफे गर्दै उक्कालो चढ्न थालियो । ठाडै उक्कालो सागुरो ढुंगाको बाटो । हिउ परेर बाटो चिप्लीरहेका थियो । ढुंगामै टेक्ने र ढुंगामै छोप्ने, लगाएका कपडा खोलेर झोलामा राख्ने, गर्दै उक्कालो निस्कन थाल्यौ । म संगै साथीहरु सेसे र फेफे गर्न थाले उक्कालो चढ्दा सास बढ्यो पानी पनि थिएन हिउले जुत्ता सबै भिजेका थिए । मुख सुक्यो मैले हिउ खाएर मुख भिजाउन थाले । साथीहरुले पनि त्यसै गर्न थाले । घटनास्थलमा जान स्थानीय बासिन्दा लगायतका बाटोमा अटेस पटेस मानिसहरु थिए । 



डेढ घण्टाको उक्काले निस्किए पछि दुर्घटनास्थल नजिकिदै थियो झण्डै ४ सय मिटर तलनै हिउमाथी रातै रगत देखिन्थ्यो हामी दौडदै शबहरु संकलन गर्न थालेको स्थानमा पुग्यौ । हामि जादा सबै १८ वटै सव भेटिएका थिए । शबहरु क्षदबिक्षद थिए । कसैका टाउका थिएनन । कसैका हात , अनि कसैका खुट्टा कसै कसैका त फोक्सो र मुटुक कलेजाहरु हिउमा देखिएका थिए । अधिकांस शबहरु अंगार जस्तै काला थिए । दुइ, तिनवटा बाहेकका शबहरु को अनुहार चिन्निनेत परै जाओस सबै शरिरिका भागहरु छिन्न भिन&