कश्मिरमा भारतीय सैनिकले आफ्नै पाँच जना सहकर्मीको गोली हानी हत्या

भारत प्रशासित कश्मिरमा एक भारतीय सैनिकले आफ्नै पाँच जना सहकर्मीको गोली हानी हत्या गर्नुका साथै आफूले पनि आत्महत्या गरेका छन् ।
नाम नखुलाइएका ती सैनिकले रातको समयमा ब्यारेकमा प्रवेश गरी सुतिरहेका सहकर्मीहरुमाथि अन्धाधुन्ध गोली हानेका थिए ।
श्रीनगरबाट २० किलोमिटर उत्तरमा रहेको राष्ट्रिय राइफल अर्धसैन्य क्याम्पमा बुधबार राति यो घटना भएको अधिकारीहरुले जनाएका छन् । घटनाबारे अनुसन्धान भैरहेको बताइएको छ । (एजेन्सी)