पाकिस्तानको इस्लामावादस्थित अदालतमा सशस्त्र आक्रमण र विस्फोटका घटना हुँदा न्यायाधीशसहित कम्तिमा ११ जना मारिए

पाकिस्तानको इस्लामावादस्थित अदालतमा सशस्त्र आक्रमण र विस्फोटका घटना हुँदा न्यायाधीशसहित कम्तिमा ११ जना मारिएका छन् ।
 पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जनाए अनुसार जिल्ला अदालतमा आक्रमण भएको र न्यायाधीश रफाकन आवानलाई अज्ञात बन्दुकधारीले आक्रमणको निशाना बनाएका हुन् ।
आक्रमणकारीले गोली हान्नुका साथै बम विस्फोट गराएका थिए । अदालतमा आक्रमण भए लगत्तै आसपासका विद्यालय खाली गराइनुका साथै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । (एजेन्सी)