अर्घाखाँचीडट्कमका प्रमुख मेहर सिंह के.सी दाँया ! तस्बिर: – वीरेन्द्र केसी
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थी, सचिब प्रेमनारायण आचार्य, सहसचिब मेहरसिंह केसी, कोषाध्यक्ष गणेश खनाल, सदस्यहरु सबिता आचार्य, जितेन्द्र खत्री, राधा नेपाली, भगबता पाण्डे, केन्द्रिय पार्सदहरु नीमबहादुर रिजाल, सुर्य प्रसाद भुसाल, लगायतलाइ सम्मान गरिएको छ ।
कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता,
वीरेन्द्र
केसीको स्वागत मन्तब्य र अम्बीका श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो ।
– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची २०७० फागुन २० । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको पाँचौ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी, सदस्य तथा केन्द्रिय पार्षदलाई क्लवले सम्मान तथा उपहार प्रदान गरेको छ । सन्धिखर्कमा मंगलबार क्लवले गरेको साक्षात्कार कार्यक्रममा सम्मान सहित लोकतन्त्र, प्रेस स्वतन्त्रता र जनताको पक्षमा अझै कलम तिर्खानको लागि कलम उपहार प्रदान गरेको छ ।
अर्घाखाँची डट्कमका प्रमुख मेहर सिंह के.सी दाँयाबाट द्रोस्रो ! तस्बिर: – वीरेन्द्र केसी
क्लव अर्घाखाँची शाखाका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले गुणस्तरीय पत्रकारितामा जोड दिदै सत्य तथ्य, सन्तुलित र निष्पक्ष समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । क्लवका सह-सचिव अम्बिका श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा नवनिर्वाचित पत्रकार महासंघका अध्यक्ष शोभाखर पंथीले पत्रकारको हक हित र पेशागत ग्यारेन्टीको लागि काम गर्न थप जिम्मेवार थपिएको र महासंघको भवन निर्माण गर्न आफु लागिपर्ने प्रतिवद्धता जनाउदै महासंघको आचारसंहितालाई पुर्ण पालन गरी कलम चलाउन पत्रकारलाई आग्रह गर्नु भयो ।
तस्बिर: – वीरेन्द्र केसी
कार्यक्रममा महासंघका पुर्वअध्यक्ष एवं केन्द्रिय पार्षद निमबहादुर रिजालले पत्रकारिताको गरिमा र ईतिहासलाई उचो राख्न नयाँ कार्य समिति दृढताका साथ लाग्नुपर्ने बताउनुभयो । रिपोर्टर्स क्लवका उपाध्यक्ष एवं पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि वीरेन्द्र केसीले अर्घाखाँचीको पत्रकारिताको ईतिहासलाई अझ सर्बोच्च शिखरमा पु-याउनको लागि नयाँ कार्यसमिति लाग्नुपर्ने र खोजी पत्रकारितामा कलम चलाउनु पर्ने आजको आवश्यक रहेको बताउनुभयो । नवनिर्वाचित समितिलाई बधाई दिदै क्लवका अध्यक्ष रामकुमार क्षेत्रीले क्लवले दिएको कलम उपहारले पत्रकारिताको शिरलाई उचाईमा राख्न कोशेढुगां सावित हुनेमा विश्वस्त रहेको बताउदै क्लवसँगको सहकार्यले अर्घाखाँचीको पत्रकारितामा नयाँ आयाम थप्न सहयोग पुग्ने बताउनुभयो ।
तस्बिर: – वीरेन्द्र केसी
कार्यक्रममा महासंघका केन्द्रिय पार्षद सुर्य प्रसाद भुसाल, सचिव प्रेम आचार्य, सह-सचिव मेहर सिंह केसी, कोषाध्यक्ष गणेश खनाल, सदस्हरु भगवती पाण्डे, जितेन्द्र खती, सविता आचार्य राधा नेपाली लगायतका पत्रकारको उपस्थिती रहेको थियो ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।