नेपालद्धारा बिम्स्टेकको अध्यक्षता ग्रहण

नेपालद्धारा बिम्स्टेकको अध्यक्षता ग्रहण
काठमाडौं, फाल्गुन २० । बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी बंगालको खाडीको प्रयास (बिम्स्टेक) को अध्यक्षता नेपालले लिएको छ । बर्माको राजधानी नेपितमा सम्पन्न बिम्स्टेकको तेस्रो शिखर सम्मेलनबाट प्रधानमन्त्री सुशील कोइरालाले अध्यक्षता ग्रहण गरेका हुन् ।
समापन समारोहमा बर्माका राष्ट्रपति ऊ थिनसिनले प्रधानमन्त्री कोइरालालाई संगठनको झण्डा हस्तान्तरण गरेका थिए । सार्क क्षेत्रका आठ देश र आसियानका थाइल्याण्ड तथा बर्मा गरी दश राष्ट्र सदस्य रहेको बिम्स्टेकको अध्यक्षता ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले संगठनको साझा लक्ष्य प्राप्तीका लागि पारस्परिक सहकार्यका साथ अघि बढ्न नेपाल तयार रहेको बताए ।
संगठनमा आवद्ध राष्ट्रहरुमा ब्याप्त गरिबि घटाउनेतर्फ पनि आपसी सहयोग एवं समन्वयका साथ काम गर्नुपर्नेमा उनले जोड दिए । सम्मेलनले श्रीलंकाली नागरिक सुमथ नाकनदालालाई विम्स्टेकको पहिलो महासचिव चयन गरेको छ भने बंगलादेशको राजधानी ढाकामा सङगठनको स्थायी सचिवालाय स्थापना गर्ने निर्णय पनि गरेको जनाइएको छ ।
यसैगरी, सम्मेलनका क्रममा मौसम तथा जलवायु परिवर्तन केन्द्र, सांस्कृतिक आयोग गठन लगायतका समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सम्मेलनका क्रममा प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्री मनमोहन सिंह लगायत विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरुसंग भेटवार्ता गरेका थिए ।  IMAGECHANNELS