युक्रेनको क्रिमिया प्रायद्धीपबारे तनाव जारी रहेकै बेला रुसद्धारा बेलेष्टिक मिसाइलको सफल परीक्षण

फाल्गुन २१ । युक्रेनको क्रिमिया प्रायद्धीपबारे तनाव जारी रहेकै बेला रुसले बेलेष्टिक मिसाइलको सफल परीक्षण गरेको छ । टोपोल आर.एस १२ एम नामको मिसाइल क्यास्पियन सागर नजिकबाट काजखस्तानको सेरी सेगन रेन्जका लागि परीक्षण गरिएको रुसी सेनाले स्पष्ट पारेको छ । रुसी योजना अन्र्तगत रहेको मिसाइल परीक्षणलाई अन्यथा नलिन आग्रह गर्दै रुसले आफनो मिसाइल परीक्षणको युक्रेनको तनावसंग सरोकार नभएको स्पष्ट पारेको छ ।
अमेरिकाले भने रुसले आफनो मिसाइल परीक्षणबारे पहिले नै जानकारी गराईएको बताउँदै मिसाइल परीक्षणका बिषय सामान्य भएको प्रतिक्रिया दिएको छ । यसैबीच अमेरिकी बिदेशमन्त्री जोन केरीले युक्रेनप्रतिको रुसको रवैया गलत भएको बताउँदै युक्रेन सरकारको संयमताको प्रशंसा गरेका छन् ।
रुसी भाषीको संरक्षणका लागि सेना तैनाथी गरिएको रुसी भनाईको खण्डन गर्दै बिदेशमन्त्री केरीले रुसले आफनो तागतको प्रयोग गरिरहेको जिकीर गरेका छन् । यता रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनमा रुसी सेनाको तैनाथी जरुरी नभएको बताउँदै आगामी दिनमा पनि सेना तैनाथ नगर्ने स्पष्ट पारेका छन् ।
युक्रेनका राष्ट्रपति भिक्टर यान्कोभिचलाई अपदस्त गर्नु युक्रेनको असंबैधानिक कदम भन्दै यान्कोभिचलाई अपदस्त गरी युक्रेनले आफूलाई अराजक बनाएको प्रतिक्रिया दिएका छन् । जनताको मागको सम्बोधन गर्न तयार रहेको अबस्थामा पनि यान्कोभिचलाई अपदस्त गरिएको बताउँदै पुटिनले युक्रेनका बैधानिक राष्ट्रपति यान्कोभिच नै भएको दाबी गरेका छन् ।
कुनै पनि राष्ट्रका राष्ट्रपतिलाई हटाउन मृत्यु, स्वेक्छिक राजीनामा र महाअभियोग बाहेक कुनै तरीका नभएकोमा युक्रेनले यी तीनवटै तरीकाको मापदण्ड पूरा नगरेको जनाउ राष्ट्रपति पुटिनले दिएका छन् । युक्रेनले हालै चालेको गलत कदम नसच्याए रुस जस्तो पनि कारबाही गर्न तयार रहेको पुटीनको भनाई छ । पदबाट हटाउने तीन यद्दपी युक्रेनको क्रिमिया प्रायद्धीपमा भने युक्रेनी सेना र रुसी सेनाबीचको तनाव भने यथावत छ । AGENCIES