चीनद्धारा आगामी बर्ष रक्षा बजेट १२.२ % र आर्थिक बृद्धीदर ७.५ % पुर्याउने घोषणा

फाल्गुन २१ । चीनले आगामी बर्ष रक्षा बजेट १२ दशमलव २ प्रतिशत र आर्थिक बृद्धीदर ७ दसमलव ५ प्रतिशत पुर्याउने घोषणा गरेको छ । चीनको सत्ताधारी पार्टी पिपल्स काँग्रेसको सम्मेलनलाई सम्बोधन गर्दै चीनका प्रधानमन्त्री ली कछियाँगले सो घोषणा गरेका हुन् । साथै उनले देशमा बिद्दमान प्रदुषण नियन्त्रण गर्ने र आतंकबादबिरुद्ध थप कदम चाल्ने घोषणा पनि गरेका छन् ।
सम्मेलनको उदघाटन सत्रमा बोल्दै प्रधानमन्त्री ली कछियाँगले चिनीया जनताको भलाईका लागि अनगिन्ती कामहरु थाँती रहेकाले चीन सरकारको ध्यान जनताको भलाईमा केन्द्रित हुने स्पष्ट पारेका छन् ।
उदघाटन सत्रकै अवसरमा उहाँले देशको मुद्रास्फीति दर ३ दशमलव ५ प्रतिशत कायम गर्ने लक्ष्य रहेको प्रष्ट पारेका छन् । चीनका राष्ट्रपति शी जिनपिंगले राष्ट्रपति पद सम्हालेको एक बर्ष पुगेको उपलक्ष्यमा आयोजना गरिएको पिपल्स काँगे्रसको सम्मेलन दश दिनसम्म जारी रहने छ भने सम्मेलनमा तीन हजार प्रतिनिधि सहभागी हुनेछन् । AGENCIES