काठमाडौं, फाल्गुन २१ । तापीय प्रयोगकोलागि नवीकरणीय ऊर्जाको स्तरोन्नती र रणनीति बनाउने उद्देश्यले एशिया र प्यासिफिक क्षेत्रका बिज्ञहरुको सम्मेलन आजदेखि राजधानी काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा नवीकरणीय ऊर्जाको तापीय प्रयोगबारे व्यवसायिक निति र सम्भाव्यताबारे अनुभवको आदान प्रदान हुने छ ।
ऊर्जाका लागि सरकारको ध्यानाकर्षण गराउने र नीजि क्षेत्रको लगानी बृद्धिकालागि समेत प्रयास गरीने छ । नेपालमा नवीकरणीय ऊर्जाको थर्मल अथवा तापीय प्रविधि अन्र्तगत सौय ऊर्जा, बायोग्यास, सुधारीएको चुलोलगायतका प्रविधिहरुको आधुनीक प्रविधिकोबारेमा पनि छलफल हुने बताईएको छ ।
नेपालको कुल ऊर्जा खपत बार्षिक ४ सय १ मिलियन गिगाजुल रहेको र त्यसमध्ये ७५ प्रतिशत भन्दा बढी तापिय ऊर्जा दाउराबाट प्राप्त हुन्छ भने औद्योगिक रुपमा प्रयोग हुने कूल खपत हुने ऊर्जाको ७५ प्रतिशत बन्दा बढी तापिय ऊर्जाको रुपमा प्रयोग हुन्छ । सम्मेलनमा भारत, चीन, पाकिस्तान, भुटान, म्यानमारलगायत दश भन्दा बढी देश सहभागिता छ । सम्मेलन तीन दिनसम्म चल्ने छ । IMAGECHANNELS