काठमाडौं-एघार वर्षदेखि जनप्रतिनिधिविहीन स्थानीय निकाय निर्वाचन आगामी जेठभित्र सम्पन्न गर्न चुनौती देखिएको छ। निर्वाचनका लागि आवश्यक ऐन संशोधन र मिति घोषणा फागुनभित्र नभए वैशाख/जेठमा गराउन असम्भवप्राय छ।
प्रमुख राजनीतिक दल र सरकारले वैशाख/जेठमै स्थानीय निकाय निर्वाचन गर्ने प्रतिबद्धता जनाउँदै आए पनि चुनाव तयारीका लागि कम्तीमा साढे दुई महिना समय चाहिन्छ। तत्काल मिति घोषणा र आवश्यक कानुन संशोधन हुने संकेत पनि देखिएको छैन।
निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले वैशाख/जेठमै स्थानीय निर्वाचन गर्ने हो भने फागुनभित्र सरकारले प्रक्रिया अघि बढाउनुपर्ने बताए। ‘चुनाव चरण