पाकिस्तानमा तालिवानले एक महिने युद्धविराम घोषणा गरेको केही दिनमै बम आक्रमणमा ६ जना सेना मारिए

फाल्गुन २१ । पाकिस्तानमा तालिवानले एक महिने युद्धविराम घोषणा गरेको केही दिनमै बम आक्रमणमा ६ जना सेना मारिएका छन् । 
पेशावरको दक्षिण पश्चिममा अवस्थित हाङगुमा गराइएको विष्फोटमा परी आठ जना सैनिक घाइते समेत भएको पाकिस्तानी सेनाले जनाएको छ ।
राजधानी इस्लामाबादस्थित जिल्ला अदालतमा गराइएको आत्मघाती विष्फोटको दुई दिनपछि नै सेनामाथि आक्रमण भएको हो । आक्रमणको जिम्मा कसैले लिइसकेको छैन् ।
गत हप्ता मात्र शान्ति वार्ताका लागि सकारात्मक वातावरण बनाउने भन्दै तालिवानले युद्धविरामको घोषणा गरेको थियो । (एजेन्सी)