फाल्गुन २२ । युक्रेनमा जारी तनाव अन्त्यका लागि कुट्नीतिक प्रयास सुरु भएको छ ।
अमेरिकी विदेशमन्त्री जोन केरी र रुसका विदेशमन्त्री सेरजेई लाभोरोवीच युक्रेनमा जारी हिंसाको समाधान खोज्न आज भेटवार्ता हुन लागेको हो । अमेरिकाले तनावग्रस्त क्रिमियामा स्वतन्त्र पर्यवेक्षक राख्ने चाहना गरेको छ भने रुसले किभको सरकारमा रुसी भाषीको प्रत्यक्ष सहभागीता हुनुपर्नेमा जोड दिदै आइरहेको छ ।
रुसी विदेशमन्त्री सेरजेईले युक्रेनमा जारी तनावलाई अन्त्य गर्न कुट्नीतिक रुपमा पहल जारी रहने प्रतिक्रिया दिएका छन् । यसैवीच युरोपेली समुदायले युक्रेनमा ११ करोड युरोको आर्थिक सहयोग उपलव्ध गराउने घोषणा गरेको छ । AGENCIES