अफ्गानिस्तानको पूर्वी लोगार प्रान्तस्थित चर्ख जिल्लामा नेटोको हवाई आक्रमणमा पाँच अफ्गान सैनिक मारिए

फाल्गुन २२ ।  अफ्गानिस्तानको पूर्वी लोगार प्रान्तस्थित चर्ख जिल्लामा नेटोको हवाई आक्रमणमा पाँच अफ्गान सैनिक मारिएका छन् । अफगान रक्षा मन्त्रालयले रातको समयमा गरिएको आक्रमणमा आठ सैनिक घाइते भएका जनाएको छ ।
नेटोले घटनालाई दूभाग्यपूर्ण भन्दै अनुसन्धान अगाडि बढाइएको बताएको छ । नेटोको हवाई आक्रमणमा निहत्था अफ्गान नागरिक मारिएर आक्रोशित बनेका अफगान राष्ट्रपति हमिद कारजाईलाई पछिल्लो घटनाले झनै नकारात्मक बनाउने विश्लेषण गरिएको छ ।
सन् २०१४ को अन्त्यसम्म अप्mगानिस्तानमा रहेका सम्पूर्ण नेटो सेना स्वदेश फर्कंदै छन् । (एजेन्सी)