फाल्गुन २२ । लिवियाली सरकारले कर्णेल गद्धाफीका छोरा सादी गद्धाफीलाई छिमेकी देश निजरले सुपुर्दगी गरेको पुष्टि गरेको छ । सादीलाई अहिले ट्रिपोलीको कारागारमा राखिएको छ ।
गद्धाफीको शासनकालमा सादी लिवियाली फुटबल फेडेरेसनका प्रमुख थिए । सन् २०११ को जनविद्रोहमा गद्धाफी मारिएपछि उनी लिवियाबाट निजर भागेका थिए । उनीमाथि गद्धाफी विरोधी प्रदर्शनकारीमाथि गोली हानेको र गद्धाफीको शासनकालमा थुपै्र अपराध गरेको आरोप लगाइएको छ ।
लिवियाली सरकारले विभिन्न मुलुकमा पलायन भएका गद्धाफीका परिवार र उनको शासनकालका अधिकारीहरुलाई सुपुर्दगी गर्न माग गरिरहेको छ । (एजेन्सी)