-शालिकराम आचार्य
आजका दिनमा महिला दिवशको परीभाषा नै बदलीएकोछ । महिला दिवशमा महिलाको जो छवी अंगाडी आउछ त्यो हो प्रेम स्नेह मातृत्व अनी शक्तिसपंन्न नारीको मुर्तिी । योदिन यीसबै लाई अवलोकन गर्ने दिनपनीहो जसले हाम्रो समाजलाई कत्ती परिबर्तन गरेकोछ । म साँच्चै नै गौरव तथा आत्मविश्वास ले सिर झुकाएर सलाम गर्दछु , उनी आत्मविश्वासले भरीपूण नारीहरुलाई जो आजको लागी उदाहरण बन्न सफल भयकाछन । अहिले एक्काइसौं सतावब्दीका नारीहरु ले आफ्नो शक्ती लाइ चिनेर आफ्नो अधिकारका लागी लडन शिकी सकेकाछन ।
आजका नारीहरुले यो सवित गरेका छन की उनीहरु एक आपसमा सत्रु नभई एक आपसका सच्चा मित्रहरु हुन आजका नारीहरु सशक्त छन तथा उनको शाहास र शक्तिको उदाहरण यशरी पनी हेर्न सकिन्छ । हिंजको पुरुष प्रधान समाजमा छोरी जन्मनु नै एक अभिसार्प मानिनथ्यो र कतै कतै आजसम्म पनि मानिन्छ तर आज को दिनमा छोरीका लागी तर्सेका आमाहरु पनीछन । छोरी नै हुन जसले अपरिचीत परिवार दर परिवारलाई मिलाउने गर्दछन । छोरी बावु आमाको मायाँका खानीहुन र छोरी ले पनि बावु आमाको उतिकै सेवा गर्छन । आजको समयमा परिवारमा छोरीको महत्व बढेकोछ र धेरै मायाका साथ लालन पालन हुदैछ । समाजका सबै कुरीतीहरु लाई पन्छाऊदै छोरीको शिक्षालाई बिशेष महत्व दिईएको छ । छोरीलाई पनि बराबरीको अंश दियर छोरीका लागी पनि संपत्तीमा हक छुट्टाइन्छ । यसरी नै नारीको आत्मविश्वास बडेको छ , प्रतेक क्षेत्रमा नारीको उत्कृष्ट भुमिका ले नारीको स्वाभीमान लाई धेरैमाथी पुराएकोछ । जहाँ हिंजका दिनहरुमा महिलाहरु लाई घरबाट बाहिर निस्कन रोकटोक थियो तेहीं आजका महिलाहरु घरदेखी बाहिर बसेर जागीर गरेकाछन देश भित्र जागीर नपायर एसिया खाडी लगायत युरोप अमरीका तथा जापान कोरीया जस्ता मुलुकहरुमा पुरुषहरु कासाथ कांध मा कांध मिलाएर देशमा रेमिटेन्स भित्राउने गरेकाछन जसले देसको आर्थिकमा ठुलो योगदान दियकोछ । आजका नारीमा एति आत्मविश्वास छ की घरको चुलो चौको बाहेक पनि उनीहरु देशका लागी बलिदान देने क्षमता सिद्ध गरेकाछन उनिहरु कहा छैनन आजका नारीले घरको घरको चुलो चौको मेलापात डियाँ बाछा छोरा छोरी तथा श्रीमानको मनारी प्ुरउदै समाजमा अन्याय र अत्याचार का लागी ब्यापक संघर्श गर्दै न्यायको स्थापना हेतु लडदैछन । आज सासु बुहारी देउरानी जेठानी आपसमा मेरो तेरो न भनी मायाका शाथ रहन्छन उनीहरु लडे पनी टिवीका सिरियल का लागी लडछन तर समाज निर्माणमा एक शक्ति भयका छन ।
बितेका दिनमा तथा आज पनी केही छुटपुट नारीहरु अन्योलमा भएता पनी तिनै नारीहरुको उद्धारका लागी नारीहरु नै कम्मर कसेर अंगाडी बढेकाछन । आज भन्दा १०४ एक सय एक बर्ष भन्दापहिला जब कोपनहेगनमा समाजबादी नेत्री क्लारा जेटकिनको प्रस्ताब सर्बससम्मतीको साथ अन्तराष्ट्रिय सम्मेलन ले पारित ग्रदा उति बेला का महिलाहरुले सायद नै आजको कल्पना गरेहुन् तर नारी को सशक्तिकारण र उनको कार्यदक्षता आज हेरेर नै बन्छ । आउनुहोस् हामी सबै मिलि एस काम लाई बढाउदै जाँउ नेपाल लगाएत दुनियाका नारिहरुलाई नमनगरि एक आपसमा बाचागरुं हामीहरु महिला संग हुनी दुरब्यभार लाई अन्त गरौं महिलाहरुको भाबनालाई साथदिने बाचा गरूँ ,,,,,,