फाल्गुन २४ । मलेशियाको क्वालालाम्पुरबाट चीनको बेइजिङतर्फ उडेको विमान हराएको छ । उक्त विमानमा चालक दल र यात्रु गरेर २३९ जना सवार थिए । र सबैको मृत्यु भएको आसान्का गरिएको छ।
स्थानीय १२ बजेर ४१ मिनेटमा उडन भरेको विमान विहान ६ बजेर ३० मिनेटमा बेइजिङ पुग्नुपर्ने थियो । तर करिब २:४० बजेदेखि सम्पर्क विच्छेद भएको बोइङ ट्रिपल सेभेनमा २२७ जना यात्रु र १२ जना चालक दलका सदस्य थिए । विमान कहाँ र कुन हालतमा छ भन्ने प्रष्ट भएको छैन ।
मलेशियन अधिकारीहरुले जहाजको खोजी भैरहेको जनाएका छन् । विमानमा विभिन्न १३ देशका नागरिक रहेको बताइएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार विमान भियतनामको आकाशमाथि पुगेपछि हराएको आशंका गरिएको छ । विमानमा १६० जना चिनियाँ नागरिक रहेको सिन्ह्वाको भनाइ छ । एजेन्सी